पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

504

चैत ३०,
तेह्रथुम । प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ । ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को नाम दिएको पदयात्रा मंगलबार धरानबाट बुढासुब्बा मन्दिरको दर्शन गर्दै धनकुटाका भेँडेटार, धनकुटा र हिले क्षेत्रका डाँडाकाँडा घुम्दै पदयात्रा यहाँ आइपुगेको हो । वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताउनुभयो । ‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताउनुभयो ।