यो नयाँ वर्षमा तपाईको पहिलो डेटिङ भए यसो गर्नुहोस्

373

नयाँ वर्ष २०७५ सालको सुरुवाती दिन तपाईको पहिलो डेटिङ भए केही कुरामा ध्यान दिन जरुरी छ । के तपाई पहिलो पटक आफूलाई मनपर्ने मानिसलाई भेट्न जाँदै हुनुहुन्छ ? तर, तपाई कसरी जाने र के गर्ने वा नगर्नेको दोधारमा हुनुहुन्छ त्यसो हो भने आफूलाई पहिलो भेटमा के कुरामा सतर्क राख्नुपर्छ भन्ने थाहा पाउनका लागि तलका बुँदाले सहयोग गर्न सक्छन् । पहिलो डेटबाट नै मानिसले उक्त मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्योल गर्न सक्छन् । ठीक समयमा गरिएका उचित निर्णयले लामो समयसम्म सम्बन्धमा रहन सकिन्छ । त्यसैले पनि कुन काम गर्दा ठीक हो भन्ने जानिराख्नु अति नै आवश्यक हुन्छ । झनै यदि कोही मानिससँग लामो समय सम्बन्ध रहोस् भन्ने चाहना राखिन्छ भने पक्कै पनि पहिलो भेटले ठूलै भूमिका खेल्छ । भनिन्छ नि, फस्ट इम्प्रेसन डज लास्ट इम्प्रेसन । त्यसैले पहिलो डेटमा यी कुरा गर्दै नगर्नुहोस्

अरुको फोन नउठाउनुहोस्
यदि तपाई आफ्नो प्रिय मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने आफ्नो मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् वा फोन उठाउँदै नउठाउनुहोस् । आफूले बल्लबल्ल मिलाएको समयलाई कुनै फोन वा मेसेजले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुनुहोस् । सक्नुहुन्छ वा अति नै धेरै फोन आउँछन् भने मोबाइल स्विच अफ नै गर्नुहोस् । आफूले भेट्न चाहेको मानिससँगै भएको कुरालाई ध्यानमा राख्नुहोस् । पहिलो डेटमा नै तपाईं फोनमा व्यस्त हुनुभयो भने एक – आपसमा कुरा कसरी साट्न सकिएला र ?

विवाद हुनसक्ने कुरामा सतर्क रहनुहोस्
तपाई आफूले मन पराएको मानिससँगको पहिलो डेटमा हुनुहुन्छ भने पक्कै पनि त्यहाँ गरिएका कुरामा चासो बढी हुन्छ । त्यसैले उठेका विभिन्न कुरालाई राम्रोसँग सुन्नुहोस् । राजनिति वा धर्मका अन्य कुरा ल्याएर भइरहेको गन्थनमन्थनलाई नबिगार्नुहोस् । पहिलो भेट भएकाले सकेसम्म राम्रो तरिकाले विषय उठाउनुहोस् र त्यसको समापन गर्नुहोस् । विवाद हुनसक्ने विषयको उत्थान नै नगर्नुहोस् ।

पहिले पनि प्रेममा हुनुहुन्थ्यो ?

त्यो कुरा निकाल्दै ननिकाल्नुहोस् । पहिलेको प्रेमका कुरा त चाहेर पनि कसैले बिर्सन सक्दैन, तर पहिलो डेटमा नै आफ्नै सबै विगतका कुरा भन्नुहुँदैन । यसले अर्को मानिसलाई अप्ठ्यारो लाग्न पनि सक्छ । यदि तपाईलाई पूर्वप्रेमबारे कुनै कुरा सोधिए पनि त्यो विषयमा छोटो र सामान्य जवाफ मात्र दिनुहोस् । सकेसम्म पहिलो डेटमै बितेका कुरा गरेर समय तथा भेटलाई गम्भीर नबनाउनुहोस् ।

आकर्षक ड्रेसअप गर्नुहोस्

यदि कसैसँग पहिलोपटक भेट्दै हुनुहुन्छ भने आफ्नो लुगाबारे आवश्यक ध्यान पुर्याउन नबिर्सनुहोस् । राम्रो कपडा लगाएर भेट्न जाँदा पक्कै पनि तपाईंको राम्रो इमेज बन्छ । त्यसले आफूले लगाउने कपडाबारे राम्रो ध्यान दिनुहोस् ।

ध्यान दिएर सुन्नुहोस्
केही मानिसलाई आफू जान्ने छु भन्ने देखाउन कुराकानी गर्दागर्दै बढी बोल्नुपर्ने हुन्छ । तर, पहिलो डेटमा पनि यसरी बढी बोलियो भने पक्कै पनि त्यो भेट रमाइलो तथा सकारात्मक हुन सक्दैन । त्यसैले पहिलो भेटमा अत्यधिक बोल्ने बानी हटाउनुहोस् र अनावश्यक विषयमा प्रवेश गर्दै नगर्नुहोस् ।

मापसे नगर्नुहोस्

पहिलो भेटमा केही कुरा खोल्न वा स्थितिलाई सहज बनाउन केही पेग पिउनु त उपयुक्त हुन्छ तर पहिलो भेटमै डर लागेर होस् या मन खोल्न मन लागेर नै किन नहोस् , धेरै पिउँदै नपिउनुहोस् ।

ढिलो वा चाँडो नहुनुहोस्

तपाई कुनै पनि अवस्थामा पहिलो भेटका लागि ढिलो वा चाँडो पनि नहुनुहोस् । केही मिनेटअगाडि हुँदा त खासै फरक नपर्ला, तर, १ घण्टाअगाडि नै पुगेर आफू सो भेटका लागि कति व्यग्र छु भन्ने नदेखाउनुहोस् । यदि तपाईं कुनै कारणवश ढिलो हुनुभयो भने पक्कै पनि खबर गर्न नभुल्नुहोला ।

अरुतिर आँखा नमोड्नुहोस्
यदि तपाई आफ्नो पहिलो भेटमा हुनुहुन्छ भने अरु मानिसतिर कुनै ध्यान नदिनुहोस् । पहिलो भेटमा अरु मानिसलाई ध्यान दिनु भनेको सो भेटबारे कुनै चासो नराख्नु हो । त्यसैले अन्य मानिस के गरिरहेछन् भनेर हेर्दा पनि नहेर्नुहोस् ।