बाउको मृत्यु छोरो घाईते

95
सांकेतिक तस्विर

बैशाख १,
झापा । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । नौ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नंको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बनेका बाबुछोरालाई नै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पु¥याइए पनि प्रेमको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता बसका सहचालक मेचीनगर नगरपालिका–१० निवासी १६ वर्षीय विशाल कार्की डोले बसबाट झरेर गम्भीर घाइते बनेका छन् । बसले साइकललाई ठक्कर दिएपछि ब्रेक लगाउने क्रममा बसको ढोकामा रहेका उनी बसबाट झरेको प्रहरीले जनाएको छ । उनको पनि बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।