युवकको शव फेला

467

बैशाख २,
पाल्पा । कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आाज फेला परेको छ । नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आज फेला परेको हो । उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खनालसँगै नदीमा बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय संगम कार्की अझै फेला परेका छैनन् ।