पाँच परिवार म्यानमार फिर्ता

91

बैशाख २,
एजेन्सी । म्यान्मारको रखाइन राज्यबाट विस्थापित भई बङ्गलादेश गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमार सरकारले जनाएको छ । पहिलो पाँच सदस्यको परिवार रखाइन फिर्ती शिविरमा पुगेको छन्, सरकारको सूचना समितिले आफ्नो फेसबुक पेजमा जनाएको छ । रोहिंज्या अल्पसंख्यक समूलायमाथि रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष ठूलो सङ्ख्यामा यहाँका नागरिक बङ्गलादेश पुगेका थिए । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार करिब सात लाख जति रोहिंज्या शरणार्थी रहेका छन् । राष्ट्रसंघले भने सुरक्षाको स्थिति देखाउँदै अझै फर्किने अवस्था नभएको सङ्केत दिएको छ । म्यानमार र बांग्लादेशबीच भएको महिनौं लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंज्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति केही समय पहिले गरेका थिए । रखाइन राज्यमा भएको सैन्य कारबाहीलाई राष्ट्रसंघले जातीय सफायाको तह भन्दै आएको छ । तर म्यानमारले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ ।