किन ‘टूथपिक’ले दाँत घोच्नुहुन्न

299

स्वास्थ्य । दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टूथपिक’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने रु टूथपिकको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने हुन्छ, जसले गर्दा रगत निस्कने र दुख्ने समस्या बढ्छ । टूथपिकको प्रयोग गर्नाले दाँतको बीच भागमा खाली ठाउँ बन्न थाल्छ । यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जान्छ, जसले क्याबिटीको समस्या उत्पन्न हुन्छ । कसैको दाँत माझेपछि पनि टूथपिकले घोच्ने बानी हुन्छ । यसो गर्नाले दाँतको इनामेललाई नष्ट पार्छ । टूथपिकको धेरै प्रयोगले गिजा खुकुलो हुँदै जान्छ, जसका कारण दाँतको जारापनि खुकुलिँदै जान्छ ।