क्यानको कदम स्वागत योग्य

224

वैशाख ४
काठमाडौं । क्यानले विशेष साधारणसभाबाट संशोधन गर्न लागेको विधानलार्इ आईसीसीले स्वागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।आर्इसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको विधान संशोधन गरे पनि निर्वाचित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो ।

त्यस विधानलाई आईसीसीसामु बुझाए पनि विश्व क्रिकेटको सर्वोच्च निकाय सन्तुष्ट नहुँदा फेरि साधारणसभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो । करिब दुई वर्षदेखि आर्इसीसीको निलम्बनमा रहेको नेपाललाई यो निलम्बन फुकुवाका लागि अन्तिम मौका हुनेछ । अब असन्तुष्ट पक्ष नै लचिलो हुने भएपछि नेपाली क्रिकेटले नयाँ स्वरुप पाउने आशा निकै बढेको छ ।