‘म नाङो भए पनि बुढालाई फरक पर्दैन’

318

एजेन्सी । बलिउडका विवाहित नायिकाहरु फिल्ममा अंग प्रदर्शन गर्न हिच्किचाउँछन् । सकभर किस सिनबाट पनि जोगिन चाहन्छन् । तर, नव अभिनेत्री सुरविन चावलाको कुरा बेग्लै छ । उनी फिल्म ‘हेट स्टोरी- २’ मा बोल्ड सिन दिएर चर्चामा आइन् । त्यसपछि मात्र थाहा भयो कि उनी विवाहित हुन् । यो सुनेर धेरै मानिसहरुले जिभ्रो टोकेका थिए । तर, सुरविनलाई अचम्म लाग्छ, मानिसहरु छक्क परेको देख्दा । आफूले चाहेजस्तो लोग्ने पाएकाले चाँडै बिहे गरेको उनी बताउँछिन् ।

‘एक जमाना यस्तो थियो कि अभिनेत्रीहरु आफ्नो करिअरको उचाईमा पुगेपछि मात्र बिहे गर्थे । तर, अहिले त्यस्तो छैन । मेरो पेशालाई राम्रोसँग बुझेको व्यक्ति पाएँ भने मैले किन बिहे गर्न ढिलाई गर्ने रु’ उनले भनिन् । फिल्ममा आफूले दिने बोल्ड सिनहरुले श्रीमानलाई कुनै अप्ठेरो नपर्ने पनि उनको भनाई छ ।

सुरविन भन्छिन्, ‘मैले फिल्ममा किस सिन दिँदा उहाँले कुनै आपत्ति जनाउनु भएन । भोली कथाले मागेर मैले नग्न दृष्य दिनुभयो भने पनि उहाँले केही भन्नुहुने छैन ।’ सुरविनले सन् २०१५ मा आफ्नो व्वाइफ्रेन्ड अक्षय ठक्करसँग इटालीमा बिहे गरेकी थिइन् । हालै उनी एकता कपूरको वेब च्यानल अल्ट बालाजीको सिरियल ‘हक से’ मा देखिएकी थिइन् ।