जानुको गीत “मायाले संसार थाम्दैन” सार्वजनिक (भिडियो सहित)

527

काठमाडौं । गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा “मायाले संसार थाम्दैन बोलको गीत सार्वजनिक भएको छ । गायक सुजन तिगेलाको स्वरमा रहेको यो गीतको संगीत पनि सुजन तिगेलाले नै गरेका छन् । एरेन्ज भने फणिन्द्र राईले गरेका हुन् ।
वेलायतमा रहेर नेपाली साहित्य र सांगीतिक उद्योगमा निरन्तर लागि रहेकी गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा यो भन्दा अगाडि पनि थुप्रै गीतहरु सार्वजनिक भएका छन् । गायक सुजन तिगेलाको स्वरमा पनि २ दर्जन भन्दा बढि गीतहरु बजारमा आईसकेका छन् । हेमराज, विद्या र मौसमको फिचरिङ्ग रहेको यो गीतको म्युजिक भिडियोलाई जाप स्टुडियो एचकेले छायांकन गरेका हुन् भने यो गीतको म्युजिक भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला
https://www.youtube.com/watch?v=AQEnfY1I7GA