मतदातासँग ओली–प्रचण्डको ‘मजाक’

136

बैशाख ६,
काठमाडौं । स्थिर सरकार, तीव्र आर्थिक वृद्धि र समृद्धि ।
वामगठबन्धन निर्माणताकाका प्रमुख कार्यसूची ।यिनै कार्यसूचीमा केन्द्रित एमाले र माओवादी नेताहरूको चुनावी भाषण । अनि यिनै कार्यसूचीको सपनासहितको चुनावी घोषणापत्र र, आफ्ना मुद्दा तथा एजेन्डा अनुमोदन गराउन मतदातासँग ‘केही गरेर देखाउने’ आश्वसन ।सबैको योगफल थियो, प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले र माओवादी गठबन्धनले पाएको जित । मङ्सिर २१ मा चुनाव भयो । तर, प्रदेश र केन्द्र सरकारमा राजनीतिक र संवैधानिक जटिलता देखियो, देखाइयो ।यसको असर सरकार निर्माणमा पर्यो र फागुन ३ गते मात्रै केपी ओली नेतृत्वको सरकार गठन भयो ।अहिले केन्द्रमा पनि वामगठबन्धनको शक्तिशाली सरकार छ । ६ वटा प्रदेशमा पनि वामगठबन्धनकै शक्तिशाली सरकार छ ।