सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्

120

बैशाख ६,
काठमाडौं । हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार हाउससमेड ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो । दूतावासका प्रवक्ता सुजन बिडारीले भने,(उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं (तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् ।