‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक (भिडियो)

199

बैशाख ६,
काठमाडौं । लिची इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ । चलचित्रमा लभ स्टोरीको विषयलाई उठान गरिएको छ । फरक धारमा रहेर लभ स्टोरीको विषयलाई लिएर निर्माण गरिएको चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन् ।
उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छन् । त्यस्तै चलचित्रमा राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के। शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ । जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।