अचानक यौन सम्पर्क गर्दा…

312

बीबीसी। अचानक कसैसँग यौन सम्पर्क भयो भने त्यसलाई क्याजुअल सेक्स भनिन्छ। यस्तो यौन सम्पर्कमा सहमति र खुशी पनि हुन्छ। क्याजुअल सेक्सपछि युवतीहरुमा खेद, पश्चाताप र हिनतावोधको भावना देखिन्छ। पछिल्लो एक अध्ययनका अनुसार यदि यौन सम्पर्कको प्रस्ताव युवतीले गरेका छन् भने उनीहरुमा हिनतावोधको भावना देखिँदैन। यसअघिका अध्ययनमा के पाइएको थियो भने ‘वन नाइट स्ट्याण्ड’ मा पुरुषको तुलनामा महिलाहरुलाई ज्यादा पश्चाताप हुन्छ।
अनुसन्धानकर्ताले नर्वेको विश्वविद्यालयमा ५४७ र अमेरिकाको विश्वविद्यालयमा २१६ विद्यार्थीसँग छलफल गरेको थिए। तीमध्ये कोही पनि समलिंगी थिएनन्। यो छलफलका क्रममा धेरै कुरा स्पष्ट भएका छन्। क्याजुअल सेक्समा युवक र युवतीको सोचाइ निकै फरक हुन्छ। यो अध्ययनमा युवतीहरुलाई उसको पार्टनर सक्षम र यौन सम्बन्धका क्रममा सन्तुष्टि दिन सक्ने फेला पर्यो भने उनीहरुभित्र हिनतावोध नहुने तथ्य फेला परेको छ। सो अध्ययनमा सहभागी हुने सबै विद्यार्थी नर्वीयन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी ९एनटीएनयू० र युनिभर्सिटी अफ टेक्ससका थिए। सबैको उमेर ३० वर्ष भन्दा कम थियो। यसअघिका अध्ययनका अनुसार क्याजुअल सेक्समा पुरुषलाई महिलाको तुलनामा निकै कम पश्चाताप हुन्छ। योसँगै सेक्स पहिला कसले गरेको थियो भन्नेसँग कुनै मतलव नहुने अनुसन्धानका क्रममा फेला परेको थियो।

युनिभर्सिटी अफ टेक्ससका प्रोफेसर डेविड बज भन्छन्, ‘यदि सेक्सका लागि महिलाले पहल गरे भने त्यसमा दुईवटा विषय बाहिर आउँछन्। पहिलो सेक्सलाई लिएर दिमागमा सकारात्मक भावना पैदा हुन्छ। यौन सम्बन्धका क्रममा कामुकता खुलेर बाहिर आउँछ। अर्को कुरा भनेको महिला खुलेर आफ्नो इच्छा व्यक्त गर्न सक्छन्। र उनीहरुमा कुनै पनि ग्लानीको भावना हुँदैन। यस्तोमा पश्चातावको भावना महिला भित्र आउँदैन किनभने यसमा कुनै दबाव हुँदैन।’

टेक्सस युनिभर्सिटीका प्रोफेसर जय पी वाकफका अनुसार यौन सम्पर्कमा महिलाको इच्छाले खास अर्थ राख्छ। किनभने पश्चातावको भावनाले अप्रिय र उदास बनाउँछ। यो अध्ययनबाट के कुरा स्पष्ट भएको छ भने यौन सम्बन्धमा दबाव मुक्त बनाउन सके आनन्द प्राप्ति हुन्छ। यो अध्ययनका अनुसार यौन सम्पर्कपछि महिलामा हिनतावोध हुन्छ हुन्न भन्ने उसको पार्टनरको यौन क्षमतामा निर्भर गर्छ। यदि यौन सम्बन्ध राम्रो भयो भने महिलाहरुमा यौन हिनतावोध हुँदैन। तर उनीहरुकालागि निर्णय लिन त्यति सजिलो भने हुँदैन। महिलाको मनमा यौन सम्पर्क गर्दा आफू गर्भवती हुने डर हुन्छ। अध्ययनका अनुसार पुरुष पार्टनरको क्षमता महिलाकालागि खाम महत्वपूर्ण हुन्छ। सेक्स पार्टनरको कामुकता र क्षमतााट महिलाको भावनात्मक स्तरमाथि धेरै फाइदा हुन्छ। अचानक हुने यौन सम्बन्धमा कुनै यस्ता कारण पनि हुन्छन् जो दुवैलाई पश्चाताप हिनतावोधको स्थिति पैदा हुन्छ।