वडाअध्यक्ष सापकोटा गरे यस्तो काम

451

बैशाख ७,
भक्तपुर । अहिले देशमा भर्ना अभियान चलिरहेको छ । विद्यालय बाहिर रहेका सबै बालबालिकालाई भर्ना गराउने यो अभियानमा अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्रीदेखि जनप्रतिनिधि समेत सक्रिय छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले भने सामुदायिक विद्यालयलाई सुधार आफैबाट सुरुवात गरेका छन् । उनले एक निजि विद्यालयका अघिल्लो वर्ष अध्ययन गरेका छोरा स्वर्णीम सापकोटालाई सोही वडामा रहेको भैरवी आधारभुत विद्यालयमा एलकेजी कक्षामा भर्ना गरिदिएका हुन् । अध्यक्ष सापकोटाले भने ‘आम अभिभावकको चाहाना र सामुदायीक विद्यालयको गुणस्तर परिर्वतन गर्न मैले अभियान सुरु गरे । ’अरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुहोस् भन्दै हिड्ने जनप्रतिनिधिले आफ्नो सन्तान चाहिँ संस्थागतमा पढाउनु सोभनिय नहुने सापकोटाको तर्क छ । वडामा रहेका आम सर्वसारण र अभिभावकहरुको चाहाना अनुसार उक्त विद्यालयको पूनःसंरर्चना गरिको छ । जसमा अन्य निजि विद्यायलसंग प्रतिस्पर्धा गर्दै विद्यार्थीसंख्या बढाउने र बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्य राखिएको छ ।