कम्युनिष्ट पार्टीको स्थापना दिवसको प्रत्यक्ष प्रशारण LIVE

272

बैशाख ९,
काठमाडौं । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम उत्पन्न ब्यानार विवाद हल भएको छ ।
विवादपछि कार्यक्रम शुरु हुन सकेको थिएन ।
विवाद भएको ब्यानर विचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानार राखेर कार्यक्रम गर्ने सहमति भएको छ ।
यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यनारमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला मच्चाएपछि कार्यक्रम ढिला हुन गएको हो । कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए ।
पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए ।
दृश्य सौजन्यः न्युज एजेन्सी नेपाल