सबैभन्दा ठूलो पश्चिम नेपालको चामल उद्योग आर्थिक संकटमा

386

बैशाख १०,
कपिलवस्तु । पश्चिम नेपालको सबैभन्दा ठूलो चामल उद्योग मल्टीएग्रो इन्ड्रस्टीज चरम आर्थिक संकट परेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका(८ बोड गाउँमा रहेको मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर ९बाउन्स० भएपछि साना चामल ब्यापारीहरू मर्कामा परेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमामा खाता संचालन रहेको सो उद्योगको चेक अनादर भएको व्यापारीहरूले बताएका छन्। एक दर्जन बढी साना चामल व्यापारीहरूको पछिल्लो ६ महिनामा ३ करोड रुपैयाँ बढीको बक्यौता रहेको छ। भुक्तानीका चेक बाउन्स भएपछि बैंक र सो उद्योगलाई पटक पटक आफ्नो रकम उपलब्ध गराई दिन आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको व्यापरीहरूको गुनासो छ। साना चामल व्यापारीहरूले आफूलाई उद्योग र बैंकले ठगेको आरोप लगाएका छन्। दुई वर्षदेखि सो उद्योगलाई धान चामल बेच्दै आएका कपिलवस्तु नगरपालिका १० पचेहरास्थित न्यू पुजा खाद्य उद्योगका संचालक तौलन बनियाँले सो उद्योगले दिएको १ करोड २५ लाखको चेक अनादर भएको बताए। ‘२५ लाखका ५ वटा चेकबाट पैसा पाइएन। चेक अनादर भयो। असोज ३०, कार्तिक १, कार्तिक ११, कार्तिक २१ र माघ २९ मा उद्योगले २५र२५ लाखका चेक दिएको थियो।’ बनियाँले भने, ‘उद्योगका संचालकसँग चेक अनादर भएका विषयमा जानकारी गराउँदा समेत आलटाल मात्र गर्छन्। बैंकले पनि यस बिषयमा कुनै चासो दिएको छैन।’ बानियाँले उद्योगबाट १ करोड ७८ लाख ८ हजार २९९ रुपैयाँ ८५ पैसा पाउन बाँकी रहेको बताए। उनले भने, ‘त्यस मध्येको १ करोड २५ लाखको चेक अनादर भएको हो। बैंकले चेक अनादर गरेपछि चेक रजिस्ष्ट्री गरेर उद्योगमै पठाएको छ।’ यस्तै पचेहराकै फिन्स ट्रेडर्सका संचालक पशुपति बनियाँको ३० लाखको चेक अनादर भएको बताए। कार्तिक १ मा ५ लाख, कार्तिक ११ मा १० लाख कार्तिक २१ मा १० लाख र फागुन २ मा काटिएका ५ लाख रुपैयाँका चेक बैंकबाट अनादर भएको बनियाँ बताउँछन्। उद्योगबाट पचेहराकै गोरख किराना तथा गल्ला उद्योगका गोरख बानियाँले कुल पाउनुपर्ने ५३ लाख ७ हजार १५६ रुपैयाँ मध्ये १६ लाख ५० हजारको चेक अनादर भएको बताए।