सिसिटिभीको दृश्यमा देखिदा पनि आक्रमणकारी किन समातिएन् ?

217

बैशाख १०,
भक्तपुर । शनिबार साझँ अज्ञात व्यक्तिहरुको आक्रमणमा परि घाइते भएका मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलाई भेटन रक्षा मन्त्री ईश्वर पोखरेल नेपाल कोरिया मैत्री अस्पताल थिमि पुगे ।
सोमबार दिउसोँ अस्पतालमा उपचार गराई रहेका नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्था बुझन् पुगेका मन्त्री पोखरेलले ४८ घण्टा बितिसक्दा समेत आक्रमणकारी पक्राउ नपरेको भन्दै चासो लिएका छन् ।
मेडिकल वार्ड उपचारत नगरप्रमुख श्रेष्ठ भेटन पुगेका रक्षा मन्त्री पोखरेलले संगै रहेका मध्यपुर नगरका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई भने ‘सिडियो सापको फोन नम्बर कति हो ?’
त्यसपछि ज्ञवालीले आफ्नै मोवाइलबाट भक्तपुरका प्रमखु जिल्ला अधिकारी (सिडियो) द्रोण पोखरेललाई फोन लगाए ।
ज्ञवाली फोनमा आफ्नो परिचय सकेपछि रक्षा मन्त्रीले कुरा गर्न चाहेको भन्दै फोन दिए ।
त्यसपछि रक्षामन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भने ‘सिसिटिभीको दुश्यमै अपराधी चिन्न सकिने अवस्था छ ? तर किन समातिएन ?’
रक्षा मन्त्रीले नगरप्रमुखमाथी आक्रमण हुदाँको दृश्य मोवाइलमा हेरेपछि सो प्रश्न भक्तपुरका प्रजिअलाई गरेका थिए ।
त्यसपछि भक्तपुरको प्रहरी प्रमुख किरण राणालाई समेत ज्ञवालीकै मोवाइलबाट कुरा गर्दै अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी कारवाही गर्न रक्षा मन्त्री पोखरेलले निर्देशन दिए ।
सोमबार साझँ नै संघीयमामिला तथा स्थानीय विकाश मन्त्री लालबाबु पण्डितले समेत घाइते नगरप्रमखलाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।