नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

416

बैशाख ११,
दमक । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो । सो कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनका क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ । अध्ययनका क्रममा लाग्ने ती विद्यार्थीको रकम सबै पार्टीको कोषमार्फत परिचालन गर्ने व्यवस्था गरिएको नगर सभापति विष्टले बताउनुभयो । पार्टीको वडा समितिले सिफारिसका आधारमा उनीहरुले चाहेकै विद्यालयमा भर्ना गरिदिने तयारी गरिएको सभापति विष्टले बताउनुभयो । रासस