अलँैची कृषकलाई विद्युतीय भट्टी

208

बैशाख १८,
लमजुङ । लमजुङका अलैँची कृषकले विद्युतीय अलँैची भट्टी पाएका छन् । अलँैची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो ।
नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ । सम्भवत् विद्युतीय अलँैची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची व्यवसायी महासंघको दाबी छ ।
साविकका अलँैची भट्टी भन्दा विद्युतीय भट्टीमा धुवाँरहित, समयको बचत, कम जनशक्ति र उत्कृष्ट प्रशोधन हुने महासंघका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
“पहिला दाउरा खोज्ने झन्झट थियो धुवाँसँग खेल्नुपथ्र्यो” अध्यक्ष तामाङले भन्नुभयो “अब दाउरा खोज्ने झन्झट हरायो, दिउँसो सोलार र राति बिजुलीबाट अलैँची सुकाइन्छ ।” यसअघिका भट्टीमा पनि १८ घण्टा भन्दा बढी लाग्ने गरेकामा विद्युतीय भट्टीमा ६ देखि ८ घण्टामा अलैँची सुक्ने बताइएको छ । पुरानो भट्टीमा भन्दा दुई तिहाई जनशक्ति कम लाग्ने पनि महासंघले जनाएको छ ।
अलैँची बाहेक अन्य जडीबुटी सुकाउन पनि प्रयोग गर्न सकिने एउटा भट्टीको मूल्य दुई लाख ७० हजार रहेको बताइएको छ । पहिलो चरणमा ल्याइएका भट्टी जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, लुदी र छिनखोला, दोर्दी–८ खिन्चोक, क्होलासोथार–६ घाम्राङ, दूधपोखरी–३ सानोकाभ्रे र बँेसीशहर–१० खाँचे गाउँमा वितरण गरिएको छ ।