फोर्ड गाडीमा ठगीको श्रृङ्खला, फ्रिस्टाइल टाइटानियमा २९ प्रतिशत मूल्य बढाइयो

244

नेपाल समाचारपत्र- बैशाख १९,
काठमाडौं । सवारीसाधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालिले प्रत्येक गाडीको बिक्रीमा उपभोक्ताबाट चर्को रकम असुल गरी ठगी गरेकोे घटना एकपछि अर्को गर्दै बाहिरिन थालेका छन्।
नेपालमा बिक्री–वितरणका लागि मंगलबार मात्र सार्वजनिक भएको फोर्ड कम्पनीको ‘फ्रिस्टाइल टाइटानियम’ गाडीमा जिओ अटोमोबाइल्स प्रालीले २९ प्रतिशत अतिरिक्त शुल्क राखी मूल्य निर्धारण गरेको छ। २३ लाख २९ हजार ६ सय ७९ रुपियाँ पर्ने गाडीमा ६ लाख ६९ हजार ३ सय २१ रुपियाँ बढी मूल्य राखी २९ लाख ९९ हजार रुपियाँ पुर्याइएको छ।