ताप्लेजुङ्ग समाज युकेको वार्षीक भेटघाट कार्यक्रम सम्पन्न

440

-जानू काम्बाङ्ग लिम्बु,
युके (अल्डरशर्ट) । ताप्लेजुङ्ग समाज युकेले अल्डरशर्टको एम्पायर हलमा गत शनिवार भव्यताका साथ बार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष श्रीमती अमृता पलुङ्ग्वाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा
भूतपुर्ब मन्त्री श्री बिजय प्रकास थेबे रहेका थिए । बेलायतमा रहेका स्थापित अन्य थुप्रै संग संस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । ताप्लेजुङ्ग समाज युकेलाई योगदान पुर्याउंदै आउनु भएका धेरै युके बासी महानुभाब तथा दिदी बहिनीहरुलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको छ । प्रमुख अतिथि श्री बिजय प्रकास थेबे ज्युले ताप्लेजुङ्ग बासीहरुलाई आईपर्ने बिभिन्न दुख शुखमा संधै साथ रहँदै बताए । उनले संस्थाले केहि बर्ष अघि ताप्लेजुङ्ग जिल्लाको मुटुमा रहेको जिल्ला हस्पिटलको एक्सरे मेसिन चलाउनको लागि सोलार पावर जडान गर्दै थप केहि भवनहरु पनि निर्माण गर्न सहयोग गरेको बताए ।
संस्थाकी अध्यक्ष अमृता पालुङ्ग्वा ज्युले संस्थाले केहि बर्ष अघि ताप्लेजुङ्गको ६ गा बि स मा गएको बाढी पहिरो पिडित लगायत भिषण अग्नि पीडितहरुलाई समेत सहयोग गरेको बताइन् । ताप्लेजुङ्ग समाजको हस्पिटल ट्रस्ट्लाई आर्थिक सहयोग गर्ने
पूर्व अध्यक्ष लक्ष्मी घिसिङ्ग, मेजर भुवानी पन्धाक र डाक्टर चन्द्र लक्सम्बालाई धन्यवाद दिइन् । उनले आर्थिक सहयोग दिनु हुने सबैको नाम लिएर धन्याबाद ज्ञापन गरेकी छिन् ।
कार्यक्रममा रमाईलो संस्कृतिक कार्यक्रममा स्थानिय कलाकार प्रिया लिम्बुले नृत्य प्रस्तुत गरेकी थिईन् भने स्थानिय
गायक दिलिप बखिम लिम्बू र नितेस थाङ्ग्देनले पनि गीत गाएर दर्शकलाई नचाएका थिए । अर्का गायक सुरेन ताम्लिङ्ग र गायक कृष्ण राज मेन्याङ्ग्बोले प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । कार्यक्रमको संचालन सचिब रत्न लाबुङ्ग्ले संचालन गरेका थिए ।