प्रदेश १ को नाम र राजधानी एक महिनाभित्र … मुख्यमन्त्री राई

123

बैशाख २९,
उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। शनिवार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्। राजधानीका बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र सहमतिमै टुंगो लाग्ने बताए। ‘मैले प्राारम्भिक रुपमा परमर्श थालिसकेको छु,’ उनले भने, ‘त्यो नामकरण र राजधानी सहमतिमै कायम हुने छ।’ नामको लागि विश्वको सर्वोच्च शिखर सगरमाथा, सप्तकोशी लगायतका चर्चिक धार्मिकस्थाल समेत भएको भन्दै कुनै एक नाम रहने संकेत गरेका छन्। ‘यो प्रदेशको नामाकरण र राजधानीको बारेमा सवैलाई चासो छ,’ राईले भने, ‘सहमतिकै आधारमा सवैलाई मान्य हुने राजधानी र नामाकरण जेठभित्रै कायम हुने छ।’ अहिल प्रदेश १ लाई सम्मृद्धि बनाउने वेला भएको भन्दै नाम र राजधानीको किचलो गर्ने वेला नभएको दावी गरे। पाँचौँ उदयपुर गोल्डकप उद्घाटनका लागि गाइघाट आइपुगेका मुख्यमन्त्री राईले अन्य ६ प्रदेश भन्दा अगाडि बढेर काम गरिरहेको पनि बताए। ‘स्थानीय तह, प्रदेश सरकारका लागि चाहिने ११ वटा विधेयक समेत पास गरिसकेका छौँ,’ उनले भने, ‘समृद्धि प्रदेश निर्माणको लागि प्रदेश सरकार प्रतिवद्ध छ।’ राईले फरक प्रसंगमा केन्द्र सरकारले केही अधिकार बाडफाँमा ढिलाई गरेको गुनासो समेत गरे। ‘केन्द्र सरकाले केही कानुनी रुपमा बाझिएका अधिकारको टुंगो नलगाउँदा समस्या भएको छ’, उनले भने, ‘मैले बुझे अनुसार केही समयभित्रै त्यसको पनि टुंगो लग्ने छ, अनि झनै काम गर्न सजिलो हुने छ।’ संघयीता कार्यान्वयनमा कर्मचारी व्युरो बाधक बनेको भन्दै दुखेसो गरेका छन्। ‘संघीयता कार्यान्वयनको यो वेला संक्रमण कालनै छ,’ मुख्य मन्त्री राईले भने, ‘त्यसैले गर्दा पनि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग बाँडफाँड हुनुपर्ने अधिकारी तत्काल हुन ढलाई भएको हो।’ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने पार्टी एकताका बारेमा राईले सवै कुरा मिलेका केही दिन मै पार्टी एकता हुने पनि बताए। ‘पार्टी एकता गरेर नयाँ कम्युनिस्ट पार्टी बनाउन जनताले म्यानडेट दिइसकेका छन्,’ उनले भने, ‘दुवै पार्टी एकताको बाटोबाट भग्न सक्ने अवस्था छैन।’