भक्तपुरका जनप्रतिनिधिको एक वर्ष कस्तो रह्यो ?

666

बैशाख ३१,
भक्तपुर । पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको आज सोमबार एक वर्ष पुरा भएको छ । स्थानीय तहको पहिलो चरण निर्वाचन अन्र्तगत भक्तपुरमा बैशाख ३१ गते े निर्वाचन भएको थियो । तीन चरणमा गरेर सम्मपन्न भएको स्थानीय तहको निर्वाचनबाट नेपालको ७ सय ५३ वटा स्थानीय सरकार गठन भएका छन् ।
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा स्थानीय तहको निर्वाचन पहिलो चरणमा भएको थियो । जसमा चार नगरपालिकाले २० वर्षपछि नयाँ जनप्रतिनिधि पाएको छ । भक्तपुरमा सूर्यविनायक, मध्यपुरथिमि, भक्तपुर र चाँगुनारायण गरेर चार नगरपालिकामा ३८ वटा वडाहरु रहेका छन् । दलिय प्रतिनिधित्वको हिसाबले हेर्दा गतसाल भएको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीलेले नगरप्रमखु र उपप्रमुखमा बिजयी भएका थिए ।
जसअनुसार सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमालेले जित हासिल ग¥यो । मध्यपुर थिमिमा नगरप्रमुख एमाले र उपप्रमुखमा कांग्रेसले जित्यो । भक्तपुर नगरपालिकामा सबै वडा सहित प्रमुख र उपप्रमुखमा नेमकिपाको जित भयो ।
निर्वाचनपछिका एक वर्षको भक्तपुरका स्थानीय तहको अवस्था ः
चाँगुनारायण नगरपालिका–

प्रमुख सोमप्रसाद मिश्र
नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ १७
भक्तपुरको अन्य नगरभन्दा भूगोल र आर्थिक स्रोत दृष्टिकोणले यो नगर अन्य भन्दा उत्कृष्ट रहेको छ । करिब ५७ प्रतिशत भू भाग ओगटेको यो नगरपालिकामा प्रसिद्ध चाँगुनारायण मन्दिर, पर्यटकिय क्षेत्र नगरकोट, बालुवा माटो खानी र ईटा भट्टा मुख्य आर्थिक स्रोत हुन् । नक्सापास, मालपोत शुल्क अक्तिरित्त आम्दानी हुने माध्यम हुन् । विगतमा कर्मचारीले संञ्चालन गरेको स्थानीय निकाय भन्दा जनप्रतिनिधि आएपछिको स्थानीय तहमा जनताले चाहेको जस्तो परिर्वनत पहिलो वर्षमा हुन सकेको देखिदैन् ।
पहिलो वर्षको आफ्नो अनुभव सुनाउदैं नगरप्रमुख मिश्रले संघीयताको पहिलो व्याच भएकाले केही समय कानुनी अड्चन भएको सुनाए । संघीय सरकार र स्थानीय सरकारबिच कसले कुन काम गर्ने भन्ने कानुनी समस्या अझैँ कायम रहेको उनले सुनाए । ‘संघीयता कार्यान्वयमा रहेकाले खारेजीमा रहेका सरकारी कर्मचारीहरुले सजिलो काम आफै गर्ने तर असजिलो काम भने नगरपालिकाले गर्छ भनेर देखाउने गरेका छन्, मिश्रले भने । ’
‘हाउस होल सर्भे’ गरेर नगरपालिकालाई चाहिने तथ्यांक समेत संकलन गरिसकिएकाले भविष्यमा जुनसुकै कार्य गर्न समेत सहज हुने नगर प्रमुख मिश्रको भनाई छ । खानेपानी र सडक पूर्वाधारको क्षेत्र र अन्य विकाश निमार्णका क्षेत्रमा करिब २० करोड रुपैया बजेटको काममा करिब ७० प्रतिशत सम्पन्न भईसकेको उनको भनाई छ ।
आगामी बाकीँ रहेको चार वर्षभित्रमा नगरपालिकामा खानेपानी समस्याको समाधान गर्ने, शिक्षामा देखिने गरेर गुणस्तरीय सुधार गर्ने, आउने साउन १ गते देखि सम्पती कर लागू गरिने, खानी क्षेत्रको विवाद समाधान गरेर व्यवस्थीत गर्ने, नगरपालिकाभित्र रहेका ६ सय सडकलाई स्तर उन्नती गर्ने योजना रहको नगरप्रमुख मिश्रले  सुनाए ।
मिश्रका चुनौती अवैध बालुवाखानी र इन्जिनियरिङ्ग कलेजको विवाद
नगरपालिका भित्र रहेका दर्जनौ अवैध बालुवा खानीलाई उचित मापदण्ड बनाएर संचालन गर्न सक्नु नगरप्रमुख मिश्रको कमजोरी हो । मनलाग्दो भूमी दोहन गरेर उनलाई जिल्ला प्रशासन, प्रहरी र बालुवा तस्करहरुले चुनौती नै दिएका छन् । अर्का तर्फ नेपाल इन्जिनियरिङ्ग कलेजको स्वामित्व विवादले मिश्रलाई समस्या पैदा भएको छ । जनताको चाहाना अनुसार देखिने काम एक वर्षभित्र खासै नभएकाले अबको चार वर्षमा पुरा गर्नु पर्ने उनको मुख्य चुनौती हो ।
भक्तपुर नगरपालिका–

प्रमुख सुनिल प्रजापति
नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ ७ गते
जिल्लाको सांकृतिक र एतिहासीक महत्व बोकेको यो नगरपालिका भक्तपुरको पुरानो नगरपालिका हो । मुख्यतः लिच्छिविकालिन, मल्कालीन सम्पादहरुले भरिभराउ यो नगरपालिका मुख्य आर्थिक स्रोत केन्द्रिय सरकारले पठाउने बजेट बाहेक पर्यटन शुल्क, मालपोत र नक्सा पास शुल्क, नगरकर रहेको छ । सडक बिस्तार प्रायः वडाहरुमा भइसकेको र कतिपय सडक विश्वसम्पदा सुचिमा सुचिकृत क्षेत्रभित्र पर्ने भएकाले ईटा र ढुङ्गा छापेर सुन्दर बनाईएको छ ।
आफु निर्वाचित भएर आएको एक वर्षमा पाचँवर्षमा पुरा गर्ने काम करिब २० प्रतिशत कार्य गरेको नगरप्रमुख प्रजापतिको भनाई छ । शिक्षा क्षेत्रमा नगरपालिकाले स्थानीय सरकार संचालनको ऐन अुसार आफैले कक्षा १ देखि १२ सम्म जिम्मेवारी स्थानीय तहलाई दिए बमोजिम कक्षा १ र ६को पाठ्क्रम बनाई सकिएको र जेठदेखि लागू गर्ने बताए । विगतदेखि नगरपालीकाले संञ्चालन गर्दै आएको ख्वप कलेजलाई अझै व्यवस्थीत गर्ने र अन्य कलेज, विद्यालयलाई समेत सोही अनुरुप संचालन गर्ने तयारी रहेको समेत उनले बताए ।
वि.स २०७२ सालमा भत्किएका सम्पदालाई नगरपालिकाले आफै बनाउने क्रममा १०४ वटा निमार्णधिन रहेका छन् जसको लागत १९ करोड २३ लाख रहेको नगरप्रमुले जानकारी दिए । ‘ठेकेदारलाई कामको जिम्मेवारी नदिएर आफैंले विकाश निमार्णको काम गर्दा कतिकतै कमजोरी होलान् तर हामी आफनो क्षेत्रमा उभिने तयारीमा छौ, प्रजापतिले भने । ’कानुनी जटिला, कर्मचारी संयोजनको जटिला, आर्थिक स्रोतको अभाव हुदाँ हुदैँ पनि नगरपालिकालाई संम्वृद्ध बनाउन आफु प्रतिवद्ध रहेको उनले बताए ।
फोहोर व्यवस्थापन र खानेपानी समस्या मुख्य चुनौती
भक्तपुर नगरपालिकामा फाहोर व्यवस्थापन र खानेपानीको माग पुरा गर्नु मुख्य चुनौती रहेका छन् । नगरक्षेत्र सफा भएपनि प्रवेशद्धार भने फोहोर देखिन्छ । नगरप्रमख प्रजापतिको भनाईलाई आधार मान्ने हो भने १ सय ४९ सफाई कर्मचारी कार्यरत छन् । एक केजी फोहोर व्यवस्थापनमा नगरपालिकाले ९ रुपैया ५० पैसासम्म लगानी गर्दा वार्षिक ६ करोड ५० रुपैया खर्च हुने गरेको छ । तरकारी खेतीको लागि उर्बरभूमी भक्तपुर नगरक्षेत्रमा खेतीयोग्य जमिनमा घर बनाउनेक्रम नरोकिएकाले खेतीयोग्य जमिनको सुरक्षा गर्नु पर्ने देखिन्छ । नगरकोटको मुहान पोखरीदेखि आउने खानेपानी र डिप बोरीङ्ग पानीले मात्र नगरभित्र रहेको खानेपानीको माग पुरा हुननसक्ने देखिन्छ । अर्का तर्फ भक्तपुर नगरको बजारभित्र थोरै क्षेत्रफलको जग्गामा धेरै परिवार बस्ने गरेका छन् । भुकम्पपछि सो जग्गाको स्वामित्व विवादका कारण समयमा नै पूर्ननिमार्ण हुन नसकेका निजि आवस निर्माण कार्यलाई पुरा गर्नु नगरप्रमुखको अर्को दायित्व हो ।
सूर्यविनायक नगरपालिका–

प्रमुख बाबुदेव थापा
नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ १० गते
१० वटा रहेको सूर्यविनायक नगरपालिकामा अन्यत्रबाट बसाई सरेर आउनेको अत्यधिक चाप छ । नगरको सिरुटार, बालकोट, दधिकोट, कटुन्जे लगायतका स्थानमा घनाबस्ती बढ्दै गएको छ । सूर्यविनायक गणेश मन्दिर, डोलेश्वर–आशापुरी महादेव मन्दिर रहेकाले धार्मीक पर्यटनको आधार क्षेत्र रहेको छ । केन्द्रिय बजेट, मालपोत, नगर, नक्सा कर नै मुख्य आर्थिक स्रोत सूर्यविनायक रहेको छ । कर्मचारीले संचालन गरेको स्थानीय निकाय भन्दा जनप्रतिनिधि संचालन गरेको स्थानीय तहमा धेरै परिर्वतन भएको नगरप्रमुख थापाको भनाई रहेको छ । प्रत्येक वडामा १ करोड ७५ लाख बजेट विनियोजन गरेकोमा ८० प्रतिशत बराबरको काम भएको छ, समयैमै विनियोजित बजेटको काम सक्नु मेरो पहिलो प्राथमिकता हो, थापाले भने । आफ्नो कार्यकालभित्रमा नगरको १ नम्बरदेखि १० नम्बर वडासम्म पुग्ने नगर सडक बनाउन गुरुयोजना तयार रहेको र निकट समयमा नै काम सुरु गर्ने जानकारी नगरप्रमख थापाले दिए । नगरपालिकाले फोहोरबाट बायोग्यास निकालेर एकवर्षभित्रमा करिब मासिक २ सय सिलिण्डर योजना रहेको छ । शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधारको पहुँच सबै वडामा पु¥याउने लक्ष्य रहेको थापाले बताए । विकाशमा एकद्धार निति अपनाउदैं आएका थापाले वडामा आवश्यक विकाशका योजनाहरु वडा प्रतिनिधि र वडा अध्यक्ष मार्फत ल्याउन समेत सबैलाई सुझाव दिएका छन् ।
जनतलाई नगरपालिकाको महशुस गराउनु मुख्य चुनौती
सूर्यविनायक नगरपालिकामा केही वडा यस्ता छन् जुनको भौगोलीक वनोट धेरै छ । वडा नम्बर ८ र ९ केही स्थानका सर्वसाधारणहरुलाई अझैपनि नगरपालिकाको कार्यालय आउन १ घण्टाभन्दा धेरै समय लाग्ने गर्दछ । उनीहरुले सहजरुपमा सार्वजनिक यातायात समेत प्रयोग गर्न पाउदैनन् । त्यसैले यी क्षेत्रका बासिन्दालाई पहिला गाउविकाश समिति हुदाँ भन्दा अहिले नगरपालिका हुदाँ कर धेरै तिर्नु बाहेक अरु परिर्वतन महशुस गर्न नपाएको बताउदैं आएका छन् । नगरप्रमुख थापाले ति भेगका जनतालाई नगरपालिका भएको महशुस गराउनु नै उनको कार्यकालको मुख्य चुनौती रहेको छ । अर्का तर्फ नगरक्षेत्रमा तिव्र रुपमा बस्ती बिस्तार भइरहेको छ । स्मार्टसिटीको समेत अवधारणाले यो नगरलाई समेत समेटेको छ । त्यसैले व्यवस्थीत शहरिकरण हुन जरुरी छ ।
मध्यपुर थिमि नगरपालिका–


प्रमुख मदन सुन्दर श्रेष्ठ
यो नगरपालिका जिल्लाको दोस्रो पुरानो नगरपालिका हो । जहाँ सांस्कृति महत्वका धेरै जात्राहरु हुने गर्दछन् । नेपालको शिक्षाक्षेत्रका केन्द्रियस्तरका धेरै सरकारी कार्यलय यहिँ नगरपालिकामा पर्दछन् । आर्थिक स्रोतको रुपमा केन्द्रिय बजेट, नक्सापास, मालतोपकर, नगर कर मुख्य हुन् ।
यहिँ बैशाख ८ गते अज्ञात व्यक्तिहरुले नगरप्रमुख श्रेष्ठमाथी ज्यान मार्ने प्रयास गर्दै आक्रमण गरेका थिए । हाल उनी घरमा नै आराम गरिरहेका छन् । पार्टीगत हिसावले अल्पमतमा रहेरपनि नगरपालिकाको विकाशमा नगरप्रमुख श्रेष्ठ सक्रिय छन् । नेपाली कांग्रेसले उपप्रमुख सहित नगरका वडामा बहुमत जित हासिल गरेकाले यो नगरपालिकामा कहिले काहीँ पार्टीगत रंग देखिने गरेको छ । त्यसैले सबैलाई मिलाएर लानु नै उनको मुख्य चुनौती हो ।