‘एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन’

157

बैशाख ३१,
नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबैखाले वैमनश्यता पखालेर पार्टीका नेता, कार्यकर्ता जनताको काममा जुटनुपर्दछ भन्नुभयो । “विगतमा के भयो त्यसको विवाद झिकेर, एकले अर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन, एकता नै बल हो भन्ने भावनाबाट हामी सबै पार्टी संगठन विस्तारमा लाग्नुपर्छ”– सहमहामन्त्री डा महतले भन्नुभयो । जिल्ला कार्यसमिति सदस्य हेमन्त कर्माचार्यले कार्यकर्तालाई नेताहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।