सिलवाल प्रकरण फेरि अनुसन्धानमा

133

जेठ १,
एमाले संसद एवं पुर्वडिआईजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ । सरकारी वकिल कार्यालय स्रोतकाअुनसार सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता गर्न लागिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख वकिलको कार्यलय काठमाडौंका प्रमुख एवं सहन्याधिवक्ता सुर्यराज दाहालले भने, उक्त अभियोगमा अहिले कुनै पनि प्रक्रिया अघि नबढेको दाबी गरेका छन् ।