असिना पीडितलाई राहत दिन सांसदको माग

126

जेठ २,
काठमाडौं । सांसदहरुले देशका विभिन्न भागमा असिना पानीले पु¥याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडु र भरतबहादुर सिंहले कैलाली, बझाङ र कन्चनपुरमा असिना पानीले पु¥याएको धनजनप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्। सांसद सिंहले असिना पानीले बझाङको विभिन्न गाउँमा बालिनाली नष्ट भएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे। उहाँले असिना पानीबाट गएको पहिरोमा ज्यान गुमाएकाका परिवारलाई पनि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद बडुले दार्चुला जिल्लाका विभिन्न गाउँका बाढि पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले पटक पटक विमान दुर्घटना हुनुको कारणको खोजी गरी तत्काल समस्या समाधान गर्न पनि सरकारसँग माग गरे। बुधबार विहान मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुवै सदस्यको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले अव विमान दुर्घटना हुन नदिन सरकारलाई सचेत रहन आग्रह गरे। सांसद बडुले मकालु एयरको विमान दुर्घटनामा परी ज्यान गएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।