बजेटबारे छलफल गर्न एमाले स्थायी समिति बस्दै

154

जेठ २,
काठमाडौं । एमाले(माओवादीबीच हुने पार्टी एकता र सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल गर्न बुधवार नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाएको स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले बताए। बैठकमा पार्टी एकताबारे ब्रिफिङ तथा सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल हुने बताइएको छ।