सुन तस्करी अनुसन्धान नै पुर्वाग्रही

276

जेठ २,
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् । संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाई छ । मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए । तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरुले बताए ।