आँखा स्वास्थ्यमा नेपाल सार्क राष्ट्रमै सफल

535

जेठ २,
काठमाडौँ । नेपालको पुरानो आँखा अस्पतालमा आँखा उपचारको सेवा लिनेको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ ।
वीरबाट छुट्टिए र छुट्टै आँखा अस्पतालको रूपमा सञ्चालनमा आएको पनि ४४ वर्ष भयो । नेपालको आँखाको स्वास्थ्य क्षेत्रमा यो अवधिमा धेरै परिवर्तन आएको छ । अन्य स्वास्थ्यभन्दा आँखा स्वास्थ्यमा एसियामा नै राम्रो रहेको छ नेपाल । एसियामै राम्रो भए पनि आँखा अस्पतालमा सेवाग्राहीहरूको गुनासो भने उस्तै रहेको छ । एक व्यक्ति हस्याङ्फस्याङर्दै आँखा अस्पताल त्रिपुरेश्वर अस्पताल प्रमुख प्रशाकीय अधिकृत रमेसप्रसाद अधिकारीको टेबुलमा कागज फाल्दै भने खै डाक्टर रु १ बजे डाक्टर आउने भने पनि साढे १ बजेसम्म डाक्टर नआउँदा ती व्यक्ति प्रशासक प्रमुख भएकै ठाउँमा डाक्टर खोज्दै आइपुगे । यता अधिकृत अधिकारीले भने पठाइदिन्छौँ भन्दै फर्काइदिए । अस्पतालमा आँखाको जाँच गराउन आउने अन्य व्यक्तिले पनि समयमा चिकित्सक नआएको गुनासो सुनाएका थिए । प्रशासनले आफ्नो गल्ती ढाकछोप गर्न खोजे पनि ढाक्न सकेन । यता प्रशासन प्रमुखले भने बिहान ८ देखि १२ः३० सम्म बिरामीको निकै भीड हुने भएका कारण सेवाग्राहीबाट कहिलेकाहीँ यस्तो गुनासो आउने गरेको बताए । यसरी गुनासोसँगै अस्पतालमा सेवा लिन आउनेको सङ्ख्या दैनिक ५ देखि ६ सयको हाराहारीमा हुन्छ । आ।व। २०७३÷०७४ मा ७२ हजार नयाँ र पुराना २८ हजार, मेन र माइनर सर्जरीमा ४५ सय, ७ हजारले बाङ्गो टिङ्गो आँखा जाँच, विशेष क्लिनिकमा साढे १० हजारले आँखा परीक्षण गराएका थिए । यसरी प्रत्येक वर्ष ५ देखि १० प्रतिशत बिरामीको सङ्ख्या बढ्दै गइरहेको अस्पतालले बताएको छ ।