विद्यार्थीलाई दिवाखाजा

198

जेठ ४,
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयोे । वार्षिक परीक्षामा बोर्ड फस्ट हुने, कक्षा १, २ र ३ मा प्रथम हुने बालबालिकालाई रु पाँच÷पाँच सयसमेत उपलब्ध गराउने जानकारी अधिकारीले दिनुभयो । वडा नं ७ का अध्यक्ष पदमराज वाग्लेले पनि उक्त विद्यालयका गरीब एकजना विद्यार्थीको कापी, कलम, विद्यालय पोशाक उपलब्ध गराइ पढाई खर्चको जिम्मा लिने बताउनुभएको छ । विद्यालयका अध्यक्ष नरबहादुर विक, प्रधानाध्यापक नारायणी घिमिरेले अर्को विद्यालयमा गाभिन लागेको उक्त विद्यालयलाई बचाउने गरी अभिभावकले बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले सो प्रतिबद्धता जनाएको बताउनुभयो । मर्ज हुने तयारीमा रहेको उक्त विद्यालयलाई बचाउन अभिभावक सचेत भएर लागिरहेको विद्यालयका सदस्य लक्ष्मण खवासले बताउनुभयो ।