सातौं दिन ‘हरि गुरु’को घरमा पुग्दा…

1553
वि.स २०७२ सालको भुकम्पले भत्काएको हरिगुरुको घर

जेठ ६,
भक्तपुर । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएको आइतबार सातौं दिन भएको छ । उहाँको गत वैशाख ३१ गते काठमाडौ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उहाँको घरमा हाल हिन्दु परम्परा अनुसार मृत्यु संस्कार भइरहेको छ । भक्तपुरको तेतकोट स्थित घरमा श्रीमती निर्मला, छोरा कृष्ण शरण लामिछानेलाई यो दुःखको घडिमा सहानुभूती दिन आउने क्रम जारी छ । आज युवा संघ नेपालका तीन पूर्व अध्यक्ष अर्थात् नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यद्वय महेश बस्नेत र निरु पाल, प्रदेशसभा सदस्य राजीव पहारीलगायतका युवा संघको टोली लामिछाने निवास गएको छ ।
लामिछानेको परिवारलाई विभिन्न क्षेत्रबाट कूल रु सात लाख १२ हजार ८०५ आर्थिक सहयोग प्रदान गरिएको छ ।

पत्रकारहरुबाट सहयोग
साथै भक्तपुरमा सक्रिय पत्रकाहरुको तर्फबाट पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, उपाध्यक्ष कबिता थापा, सदस्यहरु हेमराज ढकाल, जयराम बास्तोला, प्रदेश सदस्य रामचन्द्र प्रजापति, लोकतान्त्रिक छापा संजाल अध्यक्ष पेशल आर्चाय, पत्रकार सबिना के.सी, चुडामणी पौडेल, सरस्वती श्रेष्ठ र सहकारीकर्मी मणिराम तिम्सिना सहितको टोलीले सांसद लामिछानेको परिवारलाई ५ हजार ५ रुपैया नगद सहयोग गरेको छ ।