१२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय

355

कान्तिपुर दैनिक- जेठ ७,
काठमाडौँ — सरकारले करिव १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश मन्त्रालयको संगठन संरचनासम्बन्धि प्रस्ताव स्वीकृत गरेको छ । झापा शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा र रुपालसम्म पुग्ने राजमार्ग करिव १२ सय किलोमिटरको रहनेछ । चुरे तथा भित्रि मधेसको जोड्नेगरी राजमार्ग बनाउने भौतिक योजना मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदको आइतबार राति बसेको बैठकले स्वीकृत गरेको हो ।