तीन वर्षमा १६ हजारभन्दा बढी सवारी दुर्घटना

462
फाइल तस्बिर

जेठ ७,
काठमाडौं । उपत्यकामा सवारी दुर्घटनाबाट ०७२ साल यता ४९७ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा हुने दैनिक साना ठूला घटना गरि तीन वर्षमा ४९७ जनाले ज्यान गुमाएका हुन्। सवारी दुर्घटनाबाट ६६० गम्भीर घाइते र आठ हजार २०० जना समान्य घाइते भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार उपत्यकाका दैनिक १५ भन्दा बढी सवारी दुर्घटना हुने गरेका छ। ट्राफिक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२र०७३ मा पाँचहजार ६६८ सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या १६६ छ। त्यस्तै आर्थिक वर्ष २०७३र०७४ मा पाँच हजार ५३० दुर्घटना भएको छ भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या १८२ जना रहेको छन्। चालु आर्थिक वर्ष २०७४र०७५ मा पाँच हजार १८० सवारी दुर्घटना भएको देखिन्छ भने मर्नेको सख्या १४९ रहेको छ। यसरी सवारी दुर्घटनाको तथ्यांक हेर्दा सवारी दुर्घटनामा घट्नुको साटो बढीरहेको देखिन्छ। मूलक भर हुने सवारी दुर्घटनाको तथ्याङ्क अझ भयावह रहेको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता मुकुन्द मरासैनीको अनुसार सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर ड्राइभिङ गर्नु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गरेको उनको भनाई छ। दुर्घटना हुनेमा मोटर साइकल र स्कुटर बढी उपत्यकामा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइक र स्कुटर हुने गरेको ट्राफिक पहरीको तथ्यांक छ। त्यसपछि कार जिप, भ्यान र माइक्रोबस दुर्घटना हुने गरेको छ। आर्थिक वर्ष २०७२र०७३ मा भएको दुर्घटना मध्ये तीन हजार ६७१ दर्घटना मोटर साइकल र स्कुटर भएको छ।