६ वर्षिय छोरालाई हिरो बनाउँदै ‘प्रेमगीत’ निर्माता

133

जेठ ७,
काठमाण्डौ । चंखे शंखे पंखे प्रेमगीत र प्रेमगीत २ फिल्मका निर्माता सन्तोष सेन पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी मलमास सकिए लगत्तै नयाँ प्रोजेक्टको छायांकन सुरु गर्दैछन् । यतिबेला फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । युवा स्टार प्रदीप खड्कासँग लगालग दुई फिल्म गरेका सन्तोषले यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदैछन् । उनले करीब ६ महिनादेखि छोरालाई मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् ।