गजलः तिम्रो बाटो सजाएर

328

यमुना पराजुली अधिकारी,

फाँसीमा नि चढिदिन्छु तिम्लाई राम्रो हुन्छ भने
आगोमा नि जलिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

हाँसीहाँसी फुलैफुलले बाटो तिम्रो सजाएर
खोलामा नि बगिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

तिम्रो ओठमा हाँसो ल्याउन गर्नु पर्ने सबै गर्छु
रुख माथी नुहिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

सँसारकै खुसी बन सुखी बन आशिस दिदै
रातदिन नि रुइदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।
   पेप्सीकोला, काठमाडौ ।
रचनाकार लामो समयदेखि बाल साहित्य क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।