बिजुक्छेले भने बाहिरबाट आउनेले शहर कुरुप बनाए

192

जेठ ७,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेले अन्यत्रबाट आउने जनसंख्याको भेललाई रोक्ननसक्दा सहर अव्यवस्थित भएको बताएका छन् ।
भक्तपुर नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले भने “बसाईसराईको उचित व्यवस्थापन हुन नसक्दा त्यसको असरबाट भएको प्रदुषणले शहर कुरुप भएको छ ।
अव्यवस्थि शहरीकरणबाट निस्कने फोहर व्यवस्थापनमा मात्रै राज्यको करडौ बजेट खर्च भएको छ, त्यसको गतिलो उदाहरण बागमती सफाई अभियानरहेको समेत उनको भनाई छ ।
भारतको केहि राज्यर अन्य केहि देशमा एउटा जिल्लाबाट अन्यजिल्लामा बसाईसराई जाने नितिनभएकोले भन्दै त्यस्तो नितिनेपालमा समेत आवश्यक रहेको नेता बिजुक्छेले बातए।
बसाईसराईले प्रदुषण सगैं अपराध समेत मौलाएको भन्दै अध्यक्ष बिजुक्छेले प्रहरी र प्रशासनको सहयोगमा स्थानीयतहले कोठा भाडामा बस्नेको तथ्यांक संकलन गर्नु पर्नेमा जोड् दिएका छन् । व्यवस्थित ढल निकास नभएसम्म सहर सुन्दर नहुने भन्दै बिजुक्छेले त्यसको लागि सम्बन्धीत निकायले पहल गर्नु पर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा समयमा जनतासामु गरिएको प्रतिबद्धता अनुसार एक वर्षभित्रमा धेरै कामभएको बातए ।
नगर प्रमुखले प्रजापतिशिक्षा, स्वास्थ्य, खानेपानी, ढलनिकास सडकको गुणस्तरमाविकास गरि आगामीपाँचवर्षमा समृद्ध भक्तपुर नगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो अवसरमानगरपालिकाबाट विनियोजित बजेटमा राम्रो कामगर्ने उपभोक्ता समिति र नगरपालिकामा कार्यरत उत्कृष्ठ र्कचारीहरुलाई सम्मान गरिएको थियो ।