जन्मिँदै जर्नेल हुने जमाना गयो … प्रधानमन्त्री ओली

174

जेठ ९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्र स्थापना भएकाले नागरिकले योग्यताका आधारमा अधिकार पाउने बताएका छन्। मंगलबार बालुवाटारमा नेपाली सेनाको इन्द्रध्वज गणको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताुको आधारहीन सिद्धान्तको समय सकिएकोले अब प्रतिस्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको जग बसेको बताएका हुन्। ‘अब जन्मदै जर्नेल हुने जमाना गयो’ प्रधानमन्त्रीले भने ‘अब सक्षम, प्रतिस्पर्धी, योग्य व्यक्तिले अवसर पाउँछन्।’ प्रधानमन्त्री ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएकोले भएको उल्लेख गर्दै यसले नेपालको अखण्डता, राष्ट्रियता, स्वाधीनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको बताए। ‘नेपाली सेना गौरवपूर्ण सेना हो’, ओलीले भने, ‘तालिमका वेलाबाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन। सेनालाई व्यावसायिक, दक्ष र प्रतिस्पर्धी पनि बनाइन्छ।