सगुनका प्रयोगकर्ता उत्साहजनक रुपमा बढे

114

जेठ १०,
काठमाडौं । सामाजिक संजाल सगुन डटकमका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । भारत, नेपाल लगायतको देशमा यसका प्रयोगकर्ताहरु एप सार्वजनिक भएसगै द्रुत गतिमा बढिरहेको सगुनले जनाएको छ । भारतमा मात्र यसका प्रयोगकर्ता १ मिलियन भन्दा बढी यस अघि नै पुगिसकेका छन । अमेरिकामा दर्ता भएको सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ मार्फत तेस्रो चरणको सेयर निष्काशन गरी लगानी भित्राइरहेको छ ।

लगानीको लागि अव केही दिन मात्र रहेकाले सेयरमा लगानी बन्द भएपछि हुने भ्यालुएसन धेरै गुणाले बढ्ने संकेत देखिएको हो ।
भ्यालुएसन बढेसगै प्रति सेयरको मुल्य समेत बढ्ने छ । सर्बसाधारणका लागि मिनी आइपिओ निस्कासन गरेको कम्पनीको मूल्यांङ्कन यसरी गुणात्मक रुपमा बढ्दै गएको हो । सगुन सन् २०१४ मा स्थापना हुँदा यसका युजर केही हजार मात्र थिए । त्यतिखेर यसको मूल्यांकन २० लाख डलर बराबर थियो । त्यसको २ बर्षपछि सन् २०१६ मा यसका प्रयोगकर्ता ६ लाख ३२ हजार पुगे । त्यतिखेर मूल्यांकनकर्ताले यसको कुल सम्पत्तिको मूल्यांकन १ करोड ५० लाख रुपैयाँ गरेका थिए ।

मिनी आइपिओ जारी गर्नुअघि भएको भ्यालुएसन ९ करोड ३० लाख अमेरिकी डलर भएको थियो । सगुन को सेयरमा लगानी गर्न आगामी जुनको दोस्रो हप्तासम्म बिश्वभरबाट लगानी गर्न सक्नेछन । त्यसपछि हुने भ्यालुएसनमा युजर र लगानीमा उलेख्य रुपमा बृद्धी भएको कारण भ्यालुएसन गुणात्मक रुपमा बृद्धि हुने निश्चित प्राय देखिन्छ । बिश्वभर आइटी कम्पनीहरुले राम्रो प्रगति गरिरहेका बेला नेपालीको आइडियामा स्थापना भएको सगुन इंकले लगानीको अबसर अझै केही हप्ता दिएको छ । आइटी कम्पनीहरुको प्रतिफल उत्साहजनक भएकाले समेत लगानीकर्ताहरु झुम्मिरहेका छन् । अझ पछिल्लो समय हिस्दुस्तान टाइम्सको सिङ्गापुर अपिसले समेत सगुनमा ५ मिलियन डलर लगानी गर्ने सम्झौता भएसगै सगुनमा लगानी गर्न बिश्वास अझै बढ्दै गएको छ ।