‘बाबु कान्छा’ पोष्टरमा रोमान्टिक बने सलोन र करिश्मा

212

जेठ १०,
असार २९ गतेलाई औपचारिक प्रदर्शन मिति घोषणा गर्दै अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ को पोष्टर सार्वजनिक गरिएको छ । एक पोष्टरमा करिश्मासँग सलोन रोमान्टिक मूडमा देखिएका छन् भने अर्कोमा करिश्मालाई फिल्मका कलाकारले बोकेका छन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यसमा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय रहेको छ । यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।