भक्तपुरमा बलात्कारको आरोपमा बस्नेत पक्राउ

316

जेठ ११,
भक्तपुर । रिर्सोटमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरका एक युवकलाई पक्राउ गरेर भक्तपुर ल्याएको छ ।
२७ वर्षकी दिनु ( परिर्वतित नाम) लाई जबरजस्ती करणी गरेको आरोप लागेका ललितपुर महालक्ष्मी नगरपालिका– ७, बस्ने बर्ष ३७ को विक्रम बस्नेतले पक्राउ गरेको हो ।
बस्नेतले गत पुस ५ गते राती करिब नौ बजेको समयमा अरनिको राजमार्ग स्थित सूर्यविनायक नगरपालिका–९, नंखेलमा रहेको सिटीगाँउ रिसोर्टमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले जाहेरीमा उल्लेख गरेको छिन् ।
पीडित पक्षले २०७५ बैशाख २ गते जवरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता भई फरार रहेका बस्नेतलाई शुक्रबार पक्राउ गरीएको महानगरिय प्रहरी परिसर भक्तपुका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।
यस घटना समबन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता डिएसपी प्रसाईले बताए ।