जवरजस्ती धर्म परिवर्तन गराउनेलाई देशबाटै लखेटनु पर्छः महासचिव विश्व हिन्दु महासंघ

1303

नेपाल पछिल्लो समय जवरजस्ती धर्म परिवर्तन गराउने क्रम बढेको छ । कतिपय स्थानमा समाज सेवाको आडमा धर्म परिर्वतन गराउने मानिसहरु शहरका चोक–चोक र गाँउघरमा सक्रिय छन् । संविधानको मर्म विपरित धर्म परिवर्तन र अन्य धार्मीक विषयमा रहेर विश्व हिन्दु महांसघ केन्द्रिय समितिका महासचिव शम्भुहरि बास्तोलासंग नयाँ नेपाल न्युजको लागि प्रधान सम्पादक रामेश्वर ढकालले गर्नु भएको कुराकानीको संम्पादित अंश ।

विश्व हिन्दु महासंघ अहिले के कस्तो गतिविधि गर्दै छ ?
-विश्व हिन्दु महासंघ अहिले सम्रग हिन्दुहरुको पक्षमा काम गरिहेको छ । आध्यात्मिक जागरणका साथै, समाजमा अप्राकृतिक रुपमा भइरहेको धर्म परिबर्तन गर्ने कामहरुलाई  निस्तेज बनाउन सक्रिय छ । आफ्नो उद्देश्य प्राप्तीको काममा लागि परेको छ ।

नेपालमा सनातन भन्दा अन्य धर्मको प्रचारप्रसार किन बढ्यो ?
-यो राज्यको कमजोरी हो, हामीले पनि तेही देखिरहेका छौ । हामी यसलाई रोक्ने आधिकारीक निकाय त हामी होइन, त्यो काम राज्यले गर्नु पर्दछ । मौलीक सनातन धर्मावलम्बिहरुले धर्म परिर्वतन गराएर हिड्ँनेलाई लखेट्नु पर्दछ । जवरजस्ती धर्म परिर्वतनप्रति हामी गम्भिर छौं र धर्म परिर्वतन रोक्छौ ।

धर्म गराउन घरघर जानेलाई रोक्न के गर्दै हुनुहुन्छ ?
-धर्म मान्ने स्वतन्त्रता सबैलाई छ । घरघरमा बाइबल लिएर जाने, जवरजस्ती धर्म परिर्वतन गराउने गतिविधीलाई हामी निस्तेज बनाछौं । मेरो घरमा कोही तेसरी आउछ भने म लखेटछु, यो कार्य सबै हिन्दुहरुले सुरु गरिसक्नु भएको छ । यो जवरजस्ती धर्म परिवर्तन गराउने कार्य संविधानको मर्म र भावना विपरित हो ।

हिन्दु जागरण अभियान रोकिएको हो ?
-हैन रोकिएको हैन, यो निरन्तर जारी छ । ९५ प्रतिशत नेपाली जनताको अभिमतलाई अहिलेको सरकारले पुरा गर्नु पर्दछ । हामीलाई विश्वास छ यो सरकारले संविधान संशोधनको माध्यमबाट नेपाललाई  पूनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने छ ।

तपाईहरुको आगामी कार्यक्रम के छ ?
-हामी निरन्तर मौलीक जनवादी धर्म संस्कृतिको पक्षमा छौं । धर्म परिवर्नतन जस्ता जघन्य अपराध हुन दिनु हुन्न । हामीपनि यसलाई रोक्न प्रयत्नशिल छौ । यसले सांस्कृतिक विचलन ल्याउछ । राष्ट्रियता खतरामा पर्दछ । धर्म विना पहिचान ? अहिले त पहिचानको कुरा उठेको छ । धर्म त्यागरे के पहिचान ? त्यस तर्फ हामी सबै सचेत हुन जरुरी छ । हामी यसै अनुसारका कार्यक्रम तय गरेर अगाडी बढीरहेका छौ ।