सुरु भयो रोपाइँ

202

जेठ १८,
रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रोपाइँ सुरु गरिएको छ। सिँचाइ हुने खेतहरुमा रोपाइँ सुरु गरिएको हो। सिँचाइ नहुने पाखा खेतहरुमा भने असारमा मात्रै रोपाइँ हुनेछ। समयमा पानी नपर्दा मकै नरोपेरै रोपाइँ गर्न लागेको कृषक गणेश केसीले बताए। ‘यतिबेला कृषकहरुको मानो छरेर मुरी फलाउने बेला भएकोले यसैमा ब्यस्त छौं।’ उनले भने। चौरजहारी क्षेत्रका नार्जी, धुल्याखेत, डाँडाखेत, खोलागाउँ र घुगुति जिउला, नुवाकोटका आसपास क्षेत्रमा रोपाई सुरु गरिएको छ। तिहार पछि रोजगारीका लागि भारत गएका स्थानीयहरु पनि धान रोपाईका लागि घर आएका छन्। यहाँका पुरुषहरु वर्षमा दुईपटक भारत र नेपालका अन्य ठाउँमा कमाउन जाने गर्दछन्। सरकारले आधुनिक तरिकाले कृषि उत्पादन गर्ने भनेर कृषि क्षेत्रमा लगानी गरेपनि यहाँका कृषकहरूले भने पुरानै तरिकाले रोपाइँ गर्न सुरु गरेका छन्। चौरजहारी भ्याली र आसपासका क्षेत्रमा भने जेठको अन्तिम र असारमा मात्रै रोपाइँ हुने गरेको छ।