श्रीमतीको जिवन बचाईदिन श्रीमानको आग्रह

320

जेठ १७,
काठमाडौं । विगत केही समयदेखि भारतमा बस्दै आएका अर्घाखाँचीका गिर बहादुर थापा ( गणेश)ले श्रीमतीको जिवन बचाईदिन सबै संग आग्रह गरेका छन् । उनकी श्रीमती जिना थापा उपचारमा आर्थिक सहयोग गर्न यस्तो अपिल गरेका हुन् ।

यस्तो छ अपिलः

स्वदेश तथा विदेशमा बस्नुहुने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरु नेपाल घर अर्घाखाँची हाल लामो समयबाट भारत स्थित दिल्ली नजिकै हरियाणाको गुरुग्राममा घर गृहस्थ चलाउन सामान्य नोकरी पेसा गर्दै आएको म (गणेश) ऊफ गिर बहादुर थापा मेरी जीवन संगीनी जिना थापा लामो समयबाट गम्भीर बिरामीको कारण जीवन र मृत्यु सँग खेल्दै आएकी छिन सुरुवातमा गुरुग्राम स्थित सिविल अस्पतालमा उपचार गराएको थिएँ र पछी आफू पनि बिरामी परेपछि हेरचाह गर्ने कोहि नभएपछि भारतकै सिलिगुडीमा लगेर उपचार गराउँदै छु उपचारको प्रक्रिया लामो हुने भएकोले अहिले उपचार गराउन नसक्ने स्थिति आयो त्यसैले स्वास रहुन्जेल आश भनेजस्तै थप उपचारको निम्ति सम्पुर्ण सहयोगी मनहरु लाई हार्दिक अपिल गर्दछु, सक्नुहुन्छ सहयोग गर्नुहोस् सक्नुहुन्न एक शेयर अवश्य गरिदुनु होला भन्ने अपील गर्दछु, हजूर को सानो सहयोग ले उसको जिबन बाच्न सक्छ ।
सहयोगका लागि
गिर बहादुर थापा
पन्जाज नेशनल बैंक – खाता नम्बरः 1504001700052861
सम्पर्क नम्बरः +919990393511