जनप्रतिनिधिका एकवर्षः जब जनताले वडाअध्यक्षमा किरण थापालाई रोजे

401

जेठ १७,
भक्तपुर । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकाश निर्माणको कार्यमा प्रतिस्पर्धा चलेको छ । निर्वाचन भएको मितिले एक वर्ष समय पुरा गरेका जनप्रतिनिधिहरुले आफ्नो नगर र वडामा विकाशको लागि सधै सक्रिय भइरहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ का वडाअध्यक्ष किरण थापाले नगरपालिकाले विनियोजित गरेको बजेटको करिब ९० प्रतिशत विकाश बजेटको काम सम्पन्न भएको बताएका छन् । विहिबार वडा कार्यलयमा पत्रकारहरुसंग कुराकानी गर्दै वडाअध्यक्ष थापाले भने हामीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सबै क्षेत्रमा विनियोजित रकमको काम समयमा सक्ने सबै जान सक्रिय भएर लागेका छौं । नगरपालिकाले शिक्षा नियमावली पास गरेकाले कक्षा १ देखि ३सम्म अग्रेजी माध्यमा पढाउन सुरु भएको जानकारी दिएका छन् ।

वडाअध्यक्ष किरण थापा

शान्ति निकेतन स्कुलको वरपर जमिन कम र विद्यार्थीको पढाईमा बाधा पुग्ने गरेकाले भएकाले केही पर सार्ने तयारी भइरहेको र विद्यालय भवन निर्माणाधिन अवस्था रहेको, थापाले भने ।
वडा कार्यालयदेखि दोरलाङ्गसम्मको १ ५ किमी सडक ६ मिटर चौडाई भएको सडक कालोपत्रे गरिएको, घ्याम्पे डाडाँदेखि पार्टी भज्याङ्ग हुदैं नैचाल आशापुरीसम्म ६ किलोमिटर सडक नयाँ सडक बिस्तार भएको बताए ।
११ करोड ५७ लाखमा डोलिडारको सहयोगमा पलासेँदेखि डोलेश्वरसम्म करिब ३ ५ किलोमिटर सडक बिस्तार भइरहेको वडाअध्यक्ष थापाको भनाई रहेको छ । उनले आफुलाई जनताले मत दिएर जिताएकाले पाँच वर्षभित्र जनचाहना अनुसार कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एक वर्षको समयमा आफुबाट भएका गल्ती कमिकम्जोरी देखाइदिन समेत आग्रह गरे ।