सेतो बिरालोले गर्दैछ बिश्वकपको भविष्यवाणी

176

जेठ ३१,
काठमाडौ । आजबाट शुरु हुने बिश्व कपले अहिले सबैको ध्यान रसिया तर्फ मोडेको छ ।बिश्वका फुटवल प्रेमीहरु अहिले रसिया पुग्ने होडबाजीमा छन । यस अघि बिश्पकप शुरु हुनु भन्दा अघि बिश्वकप कस्ले जित्ला भनेर भबिष्यबाणी गर्नेहरुको भिडमा एउटा जनावरले बिश्वकप जित्ने भष्यिवाणी गरेपछि त्यो जनावर बिश्वभरका फुटवल प्रेमीहरुकालागि सेलिव्रेटी नै भएको थियो ।
सन २०१० को बिश्वकपको भविष्यवाणी पल नामक अक्टोपसले गरेको थियो । उसले समुह चरणका खेलहरु भविष्यवाणी गर्नुका साथै फाईनल खेल स्पेनले जित्ने बताएपछि संसार भर उसलको चर्चाले मानिसहरु एक आपसमा गफिने बहाना पाएका थिए ।

रसियामा हुने खेलमा रसियाको कान नसुन्ने सेतो बिरालोले बिश्वकपको भविष्यवाणी गर्ने भएको छ । रसियाको राजधानी मस्कोको सेनपिटरर्वगको हर्मिटेज म्युजियममा रहेको उक्त बिरालोले यस पटकको फुटवलको भविष्यवाणी गर्ने भएपछि अहिले सट्टेवाजहरुको ध्यान त्यही सेतो रंगको निलो आंखा भएको तर कान नसुन्ने बिरोलो तर्फ केन्द्रित भएको पाइएको छ । भविष्यवाणीकालागि तयार पारिएको उक्त बिरालोलाई म्युजियमका अधिकारीहरुले लामो समयदेखि तालिम दिदै आएका छन । अहिले संसारभरको सेलिव्रेटी बनेको बिरालोले भोलिबाट कस्तो भविष्यवाणी गर्ला त्यो चाही हेर्न बाकी नै रहेको छ ।