पाइल्स हुनसक्ने कारणहरू यस्ता छन्

208

आषाढ ०४,
आजको व्यस्त जीवनशैली र दिनचर्याको कारण अधिकांश मानिसलाई पाइल्सको समस्या बढ्दै गएको छ । आयुर्वेदिक एक्सपर्ट्स र चिकित्सकका अनुसार, पाइल्स सामान्य रूपमा पेट खराब हुनु, कब्जियत, लामो समय बसिरहने कारणले हुन्छ । यसको विशेषगरी चार स्टेज हुन्छ, जसलाई विशेष ध्यान नदिँदा निकै गम्भीर समस्या हुनसक्छ ।

पाइल्सको चार स्टेज हुन्छ, जुन यस्ता छन्,
१- यो शुरुवाती स्टेज हुन्छ । यसमा कुनै विशेष लक्षण देखिदैन । कतिपय समय रोगी आफैँलाई थाहा हुँदैन कि उनीहरूलाई पाइल्स भएको छ । रोगीलाई कुनै विशेष दुखाई महसूस हुँदैन । यसमा हल्का चिलाएको महसूस हुन्छ र जोर लगाउँदा कहिलेकहीँ रगत आउँछ । यसमा पाइल्स भित्र हुन्छ ।

२- दोस्रो स्टेजमा मल त्याग गर्दा पलाएको मासु बाहिर आउन थाल्छ तर हातले भित्र गर्दा यो भित्र जान्छ । पहिलो स्टेजको तुलनामा यसमा अलि धेरै दुखाई महसूस हुन्छ र जोर लगाउँदा रगत आउन सक्छ ।

३- यो स्थिति थोरै गम्भीर हुन्छ किनभने यसमा पलाएको मासु बाहिर नै रहन्छ । हातले यसलाई भित्र गर्न सकिदैन । यस स्थितिमा रोगीलाई तीव्र दुखाई महसूस हुन्छ र मल त्याग गर्दा रगत पनि बढी आउँछ ।

४- यस स्टेजमा पलाएको मासु बाहिर थप झुन्डिन्छ । असहनीय दुखाई र रगत आउने समस्याले रोगी निकै पीडित हुन्छ र इन्फेक्शनको खतरा बनिरहन्छ ।

पाइल्स हुनुको १० कारण
१- कब्जियत

यदी लामो समयसम्म कब्जियत, ग्यास्ट्रिक र एसिडिटी भैरहेको छ भने यसबाट पाइल्सको समस्या हुनसक्छ ।

२- एकै ठाउँमा बसिरहनु

लगातर लामो समय सम्म बसेर काम गर्नु, कम हिडडुल गर्नु वा शरीरिक क्रियाकलाप नगर्दा पाइल्सको समस्या हुनसक्छ ।

३- दिसा-पिसाबको दबाव रोक्नु

लामो समय सम्म दिसा-पिसाबको दबावलाई रोकेर राख्दा पाइल्सको समस्या बढ्छ ।

४- गर्भावस्था

गर्भावस्थाको अवधीमा महिलाहरूलाई कब्जियतको समस्या बढ्छ । यसले पाइल्सको समस्या हुनसक्छ ।

५- टाइट बेल्ट

सधैँ टाइट बेल्ट लगाउँदा कब्जियत र ग्यास्ट्रिक हुनसक्छ । यसको कारण पनि पाइल्सको समस्या हुनसक्छ ।

६- यूटरसमा सूजन

यूटरसमा सूजनले एनसको नसामा दबाव पर्छ । यसले होमोराइड्स अर्थात् पाइल्सको समस्या हुनसक्छ ।

७- गह्रौ समान उठाउनु

यसको कारण एनसमा धेरै दबाव पर्छ । यसले नसा कमजोर हुन्छ र पाइल्सको समस्या हुन् सक्छ ।

८- कमोड

विदेशी स्टाइलको कमोडमा धेरै समय सम्म बस्दा इन्फेक्शन हुनसक्छ र पाइल्सको समस्या हुनसक्छ ।

९- काम गर्ने अवस्था

लामो समयसम्म रेग्जीन वा प्लास्टिकको कुर्सीमा बसेर काम गर्दा पाइल्सको समस्या हुनसक्छ ।

१०- अस्वस्थ आहार

अत्यधिक तेल र मसालेदार खाना खाँदा, कम पानी पिउँदा, आहारमा फाइबर्स कम सेवन गर्दा पाइल्स हुनसक्छ ।