साउनमा ‘टिनएज’

100

असार ६,
काठमाडौं । नृत्य निर्देशक दिनेश पाख्रिनको निर्माण निर्देशन रहेको चलचित्र ‘टिनएज’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । निर्देशक दिनेश पाख्रिनले २५ साउनलाई चलचित्रको रिलिज डेट तय गरिएको जानकारी दिए । पटक–पटक रिलिज मिति सर्दे आएको यो चलचित्र २५ साउनबाट भने पछि नहट्ने उनको भनाई रहेको छ ।युवापुस्ताको कथामा बनेको चलचित्र स्वदेश अघि जापान र कोरियामा प्रर्दशन समेत हुनेछ । नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जिला खड्गी, कृष्ण शिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह लगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ । विकास चौधरी र वसन्त सापकोटाको संगीत, डा।कृष्णहरि बराल, हरि उप्रेती र सविना केसीको गीत रहेको चलचित्रमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त निर्माण गरेका हुन् ।