विद्यासुन्दरको लाचारीपन र घाँस उपहारको सन्देश

183

-नयाँघरे साइलो,
जनप्रतिनिधि निर्वाचित भएका आएको एकवर्षपछि पनि विकाश निर्माणले गतिलिन नसकेपछि काठमाडौं महानरपालिकाका बासिन्दाले घाँस उपहार दिए । त्यो एउटा सांकेतिक विरोधको शैली हो । सुन्दा नौलो लागेपछि त्यसको सामान्य पक्षलाई अध्ययन गर्ने हो भने जनवारले खाने घाँस महानगरलाई उपहार दिनुको अर्थ के ? जनप्रतिनिधिले बुझ्न जरुरी हुन्छ ।

काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गर्दै झाडी नै झाडी भएको ‘चौर’ मा परिणत गरेको भन्दै विहान सम्पदाप्रेमीले महानगरलाई रानीपोखरीमा सप्रिएको घाँस उपहार दिएका हुन् । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।

उनीहरुले रानीपोखरीको पुनर्निर्माणमा ढिलाई तथा हेलचेक्र्याइँ गरेर महानगरले सम्पदाको महत्वलाई चरम बेवास्ता गरेको आरोप स्थानीयहरुको छ । तर सम्पादा निर्माणका ढिलाई मात्र होइन र महानगरमा हरेक कार्यले गति लिन सकेन् । उहीँ पदको लागि कुर्सीमा बस्ने र राज्यको सेवासुविधा लिने बाहेक अर्को काम गर्न नसक्नु विद्यासुन्दर र उनका नेतृतवमा रहेका सबै जनप्रनिधिको लाचरीपन हो भन्दा फरक नर्पला ।