अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने

82

असार ७,
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ।अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गरेका थिए। राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भने, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ। त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ।” उनले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताए। “चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,” चिनियाँँ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ।”