कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

300

असार ८,
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले मूल्यवृद्धि र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। विशेष समयमा बोल्दै सांसदहरूले त्यस्तो माग गरेका हुन्। सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति पनि जनाएका थिए। सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अत्य हुन नसकेको र अहिले पनि करिब १०० महिला कमलहरीका रुपमा काम गर्न बाध्य भएको र यसै क्रममा ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न आग्रह गरेकी थिइन्।